PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

चितवनको भण्डारामा बसको ठक्करबाट दुईको मृत्यु



पहिलोपोस्ट

चितवनको भण्डारामा बसको ठक्करबाट दुईको मृत्यु

चितवनः  पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ।

काठमाडौँबाट वीरगञ्ज गइरहेको ना ६ ख ९०११ नम्बरको बसले आज बिहान राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ का ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell