PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कोनकाकाफ गोल्डकप : कोस्टारिका र क्यानडाको विजयी सुरुवात



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : कोस्टारिका र क्यानडाको विजयी सुरुवात
फोटो : एएफपी

उत्तर, मध्य र क्यारेवियन क्षेत्रहरुको सबैभन्दा ठूलो फुटबलिङ इभेन्टको रुपमा रहेको कोनकाकाफ गोल्डकप सुरु भएको छ।

त्यस क्षेत्रका कूल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा अमेरिकामा शुक्रबारबाट सुरु भएको छ भने जुलाई १७ सम्म सञ्चालन हुनेछ। शुक्रबार भएका खेलहरुमा क्यानडा र कोस्टारिकाले जित हात पारेका छन्।

क्यानडाले फ्रेन्च गुएनालाई ४-२ ले पराजित गर्‍यो। यस्तै कोस्टारिकाले होण्डुरोसलाई १-० ले हरायो। क्यानडाका लागि अल्फोल्सो डेभिसले २ तथा डेजान जाकोभिच र स्कट अर्फिल्डले एक एक गोलगरे। गुएनाका लागि रोए कोनटाउट र स्लोएन प्रिभटले गोल गरे।

कोस्टारिकालाई जित दिलाउन मार्को उरेनाले विजयी गोल गरे।

जितपछि समूह ए मा रहेका दुवै टोलीले समान ३ अंक जोडेका छन्।

प्रतियोगिताको समूह बी मा आयोजक अमेरिका, पानामा, मार्टिनिक र निकारागुवा छन भने मेक्सिको,एल साल्भोडोर, जमैका र कुराकाओ समूह सी मा छन्।

अहिलेसम्म मेक्सिकोले सर्वाधिक ७ तथा अमेरिकाले ५ पटक गोल्ड कपको उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell