PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

धनगढीमा नृपको गोल : बाबुसा'प विरुद्ध दलितलाई मत



रमेश वाग्ले

धनगढीमा नृपको गोल : बाबुसा'प विरुद्ध दलितलाई मत

काठमाडौं :  दलितलाई टिकट दियो भने मेयर भएपछि नमस्कार गर्नुपर्छ भनेर भोट हाल्दैनन्। त्यही कारण उसलाई टिकट दिन हुँदैन। यस्तैयस्तै विवरण भराएर पत्रिकामा लेखाइयो। त्यही समाचारलाई साहरा लिँदै धनगढीका केही कांग्रेसीहरु ‘नृपले चुनाव जित्दैन’ भन्दै पार्टी सभापति शेरबहादुर देउवाकहाँ पुगे। देउवा दरबार पुगेर उनीहरुले पत्रिकालाई प्रमाणका रुपमा पेश गरे।  

जति दलिल गरे पनि देउवाले आगन्तुकलाई टेरेनन्। नृप वड धनगढी उपमहानगरपालिकाका उम्मेदवार तय भए। देउवाले चुनावको चार दिन अघि धनगढी गएर भाषण गरे।  

‘तपाईँहरुलाई काम गर्ने मान्छे चाहिएको हो कि नमस्कार गर्न बाबुसा'प चाहिएको हो?,' देउवाले धनगढीको आमसभामा भनेका थिए, ‘यदि तपाईँलाई काम गर्ने मान्छे चाहिएको भए ओड भोट दिनुस्, नमस्कार गर्न बाबुसाब चाहिएको भए अरुलाई  नै भेट दिनुस।’ सधै छोटो भाषण गर्ने देउवाले धनगढी पुगेर ११ मिनेट भाषण गरेका थिए।

जातीय विभेदको चर्को मार खेपिरहेको सुदूर पश्चिमको एकमात्र उपमहानगरपालिकाको मेयरमा यिनै दलित मेयर बन्न सफल भएका छन्। उनीविरुद्ध सक्रियहरुलाई धनगढीका जनताले झापड हानेका छन्।

‘हिजो जनताले भोट कता हाले, त्यो उहाँको अधिकारको कुरा भयो। म मेयर भएपछि सबैको भएँ। अब धनगढीलाई उत्कृष्ट उपमहानगर बनाउन लाग्नेछु। सबै जनताका समस्या समान भए अब मेरा लागि। भोट हाल्नेलाई विशेष भनेको मेरोतर्फबाट धन्यवाद,’ उनले प्रतिक्रिया दिए।

उनले मेयर भएपछि गर्ने सबै योजना तयार पारिसकेका छैनन्। तर, प्रारम्भिक रुपमा गरिहाल्ने के–के काम हुन् भन्ने सूची छ ओडसँग। उनले दुई चारवटा समस्या तत्काल गरिहाल्ने र केही विस्तारै गर्दै जाने योजना बनाएका छन्। 

प्रतिद्वन्द्वी थिए बलिया

धनगढी उपमहानगरका लागि कांग्रेसका अर्का दावेदार गोपाल हमाल २०५८ सालमा कांग्रेस फुटेर दुईवटा हुँदा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकसँग निकट थिए। तर कांग्रेसको सदस्यता भने उनले लिएका छैनन्। उनको आवद्धता राजनीतिभन्दा धेरै व्यपारासँग थियो। गनिएका धनगढीका व्यावसायी उनको पहिचान।

'म विशुद्ध व्यवसायी हुँ, कुनै दलसँग आवद्ध छैन तर सबै दलका नेताहरुसँ निकट नै‌ छुँ,' नृपका निकटतम प्रतिस्पर्धी गोपाल हमालले भने, 'नृपले मेरो विरुद्ध उम्मेदवारी नदिनु दाई भनेका थिए। मैले एक हप्ता भित्र टिकट  ल्याउ लड्दिन भनेको हुँ। उनले ल्याउन सकेनन् सबैको आग्रह अनुरुप मैले चुनाव लड्नुपर्ने भयो।' 

व्यवसायमा प्रगति गरेका हमाल सुन्दर सुदुरपश्चिम अभियानका अभियान्ता। त्यही कारण सबै पार्टीकासँग उनको राम्रो सम्बन्ध। एकतातिर स्थापित व्यवसायी अर्कातीर नृपविरुद्ध कांग्रेसकै नेताहरुको त्यस्तो रिपोर्टीङ कम चुनौतिपूर्ण भएन नृपलाई हमालको सामना गर्न।

कांग्रेसका कृष्ण महरालाई उम्मेदवार बनाउन चाहनेको रिपोर्टिङ थियो त्यो। तर महरा स्वयम् पनि जिल्ला सभापति देखि केन्द्रीय सभापतिसँगको डेलिगेसनमा संलग्न भएनन्।

अखण्ड सुदुरपश्चिम पक्षधर आन्दोलनमा क्रियाशीलताले लोकप्रियता बढेको र उनलाई टिकट दिंँदा बहुमतसहित चुनाव जित्छन् भन्ने रिपोर्टिङ धनगढीका कांग्रेसहरुले सभापति देउवालाई गराएका थिए। 

बहालवाला नगरसभापति भएकाले अन्य दावेदार भए पनि मुख्य दावेदार ओड नै थिए। त्यही कारण कैलाली जिल्ला सभापतिदेखि केन्द्रीय सभापति शेरबहादुर देउवाकोसम्म धनगढीका कांग्रेसहरु ‘डेलिगेसन’  गए र नृपलाई टिकट दिए चुनाव हारिन्छ भने।

कांग्रेस नेता विश्वप्रकाश शर्मादेखि अन्य नेताहरुले धनगढीका समान्य नेता कार्यकर्तासँग सुक्ष्म ढंगले सोध्दा दुवैले चुनाव जित्छन् भन्ने रिपोर्टिङ भयो। 

‘एक त बहालवाला नगरसभापति अर्को दलित समुदायबाट त्यही कारण ओडलाई नै‌ं टिकट दिने निर्णय गरियो,’ कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा भन्छन्।

गोपाल थिएनन् कमजोर। स्वतन्त्र उम्मेदवारी दिएर पनि ११ हजार बढी भोट कटाएका हमालले देशैभरि चुनावमा पहिलो बनेको एमालेका उम्मेदवारलाई तेस्रो बनाइदिए। त्यति भोट काट्दासमेत १४ हजार ३ सय २४ मत ल्याएर विजयी भए एक दलित। यतिखेर उनलाई उब्जेको एउटामात्र प्रश्न हो : जसले उनलाई नमस्कार गर्नुपर्छ भन्दै विरुद्धमा उत्रिएका थिए उनीहरुसँग कुन रुपमा प्रस्तुत हुन्छन् ओड? 

अनि निर्वाचित मेयर नि? प्रजातान्त्रिक राजनीतिमा यतिसम्मको अप्रजातान्त्रिक गतिविधि?

निर्वाचित भएपछि उनी कसैलाई केही गुनासो राख्ने पक्षमा छैनन्।

‘कांग्रेसबाट विपक्षमा लाग्नेको कुरा छोडिदिनुस, म त अब धनगढीका सबै जनताको प्रतिनिधि भएँ,' पहिलोपोस्टसँगको कुराकानीमा ओडले भने, ‘म राजनीति गर्ने मान्छे हुँ पूर्वाग्रह राख्ने कुरै छैन। सबैले ढुक्क भए हुन्छ। म कसैप्रति पूर्वाग्रह राख्दिन।’
उनले अब हिजोसम्मका कुरा छोडेर दायित्व निर्वाहमा लाग्ने बताए।


नृपको राजनीतिक उदय

विद्यालय जीवनमै पञ्चायतको कोपभाजनमा परेका नृप ओड राजनीतिमा लागेपछि पनि आफ्नै पार्टीभित्र संघर्ष गर्न बाध्य भए। पार्टीमा पञ्चायतबाट आएकाहरुसँग लड्नुपर्यो उनले। २०२९ साल माघमा धनगढीमा जन्मिएका नृप ओड विद्यालय पढ्दादेखि नै खेल क्षेत्रतर्फ आकर्षित थिए। रुचीमा फुटबल।

उनको खेलक्षेत्रको आकर्षण र दख्खलमा सधै बाधक बन्यो पञ्चायत राजनीति। धनगढीको युथ स्पोर्टस् क्लवमा आवद्ध भएर फुटवल खेलेका ओड धेरैपटक राष्ट्रिय प्रतियोगिताका लागि छनौट भए। तर, जब सुदुरपश्चिमबाट काठमाडौं टिम सिफारिस भएर आउँथ्यो फाइनल टिम तयार हुँदा ओडको नाम इरेज हुन्थ्यो। 

कारण थियो धनगढीको युथ स्पोर्टस् क्लव डेमोक्रेट्सको भनेर चिनिन्थ्यो।

‘त्यसबेलाको सबैभन्दा ठूलो योग्यता पञ्चायतमा आवद्ध हुनु थियो,’ ओड भन्छन्, ‘त्यही योग्यता नहुँदा मलाई टिममा राखिँदैन थियो। धेरैपटक छनौट हुँदा पनि खेल्न भने नपाउने।’

यसका बाबजुद उनले सुदुपश्चिमबाट राष्ट्रिय प्रतियोगितामा भने सहभागी हुने मौका पाए।

पार्टी सदस्यता नलिँदै २०४६ सालको जनआन्दोलनमा सहभागी भएका ओड बिस्तारै पञ्चायतले लगाएको आरोप प्रमाणित गर्नेतर्फ लागे। ‘डेमोक्र्याट’ भएका कारण खेल जीवनमा अवसर नपाएका ओड त्यही ‘डेमोक्र्याट’ पार्टी नेपाली कांग्रेसमा आवद्ध भए र त्यसमै क्रियाशीलता बढाए।  

‘हुन त ‘डेमोक्रयाट’ क्लबममा आवद्ध भएका कारण जानी नजानी राजनीतिमा प्रवेश गरिसकिएको रहेछ,’ ओडले भने,‘तर, जानेरै चाहिँ ०४६ सालमा मात्र राजनीतिमा आवद्ध  भएँ।’

धनगढीकै त्रिनगर स्कूलमा पढेका ओडले त्यहीँबाट एसएलसीसम्मको अध्ययन गरे। एसएलसीपछि धनगढीमै आइए पढेका ओड त्यसपछि राजनीतिमा मात्र क्रियाशील भए। पढाइमा त्यही पूर्णविराम लाग्यो। राजनीतिमा उनको त्यही क्रियाशीलताले २०५३ सालबाट औपचारिक रुप लियो।

उनी गाउँको वडा कार्यसमितिको सभापति निर्वाचित भए। बिस्तारै नगर सदस्य, सचिव हुँदै ओड दुई पटक नगर सभापति बने। 

नगर सभापतिको दोस्रो कार्यकाल जारी रहँदा धनगढी नगरपालिकाको उपमहानगरपालिकामा स्तरोन्नति भयो। स्तरोन्नति भएको उपमहानरपालिकाका सभापति रहेकाले दोस्रो चरणमा भएको स्थानीय चुनावमा मेयरकाको उम्मेदवारका लागि  उनी स्वतः हकदार थिए। तर राजनीति कहाँ सोझो रेखामा हिड्दोरहेछ र ?

उनको खेल जीवनमा बाधक बनेको पञ्चायतबाट कांग्रेस फुटेका बेला देउवा पक्षमा निकट भएका व्यापारी उनका लगि बाधक देखिए। कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म नृपले चुनाव जित्दैन त्यही कारण गोपाल हमाल (गोपी)लाई दिनुपर्छ भन्ने कांग्रेसकै ‘मौकामा चौका’ हान्ने ‘चैते’हरु निस्किए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell