PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

फुटबलर अनिल गुरुङ मकाउमा सम्मानित



पहिलोपोस्ट

फुटबलर अनिल गुरुङ मकाउमा सम्मानित
फोटो : सचिन अमात्य (मकाउ)

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन्। व्यक्तिगत भ्रमणका क्रममा मकाउ पुगेको अनिलललाई एनआरएन मकाउले शनिबार सम्मान गरेको हो।

एनआरएन मकाउका अध्यक्ष मुकेश बरुवालले अनिललाई मायाको चिनो प्रदान गरे। कार्यक्रममा एनआरएन मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो।

नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान रहेपनि अनिल नेपालले खेलेको पछिल्ला खेलहरुमा पहिलो रोजाईँमा पर्न सकेका छैनन्। पछिल्लो पटक गत जुनमा घरेलु मैदानमै भएको एएफसी एसियन कप छनोटअन्तर्गत यमन विरुद्धको खेल अनिल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell