PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

स्तन क्यान्सर पत्तालगाउने मेसिन बीपी कोइराला क्यान्सर अस्पतालमा



पहिलोपोस्ट

स्तन क्यान्सर पत्तालगाउने मेसिन बीपी कोइराला क्यान्सर अस्पतालमा

  • राजेन्द्र आचार्य
चितवनः बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हड्डीमा र स्तनमा क्यान्सर पत्तालगाउने मेसिन ल्याइएको छ। 

अष्ट्रियाको अन्तर्राष्ट्रिय आणविक उर्जा संगठनले अनुदानमा दिएको बोन मिनरल डेन्सिटोमेट्रि उपकरण संगठनका महानिर्देशक युकिया अमानोले शुक्रबार अस्पताललाई हस्तान्तरण गरेका छन्।

यसले स्तनमा भएको क्यान्सरको गिर्खा पत्तालगाउने र गिर्खाको सफल उपचार गर्न सकिने अस्पतालले जनाएको छ। 

यसअघि शंकास्पद स्तन क्यान्सर भएका विरामीको स्तन नै फाल्ने गरिएको थियो।

अब निश्चित स्थानमा रहेको क्यान्सरलाइ उपकरणले पत्तालगाउने र क्यान्सर भएको मासु मात्रै फाल्न सकिने क्यान्सर अस्पतालका अध्यक्ष प्रकाशराज न्यौपानेले जानकारी दिए।

हस्तान्तरणपछि संगठनका महानिर्देशक अमानोले भरतपुर क्यान्सर अस्पतालको गुणस्तरीय सेवा प्रवाहमा आफ्नो संगठनले बिशेष रुपमा हेरेको वताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell