PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

इलाममा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि



रासस

इलाममा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि

इलाम : सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । 

आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आर्थिक वर्ष ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ।

चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। 

इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिए। 

जिल्ला जनस्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका छन्। 

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ। हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ। 

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell