PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सिनाइ आक्रमणको आइएसले लियो जिम्मेवारी



रासस

सिनाइ आक्रमणको आइएसले लियो जिम्मेवारी
फोटो श्रोतः cbsnews.com

इजिप्ट : सिनाइ प्रायद्विपको दुर्गम इलाकामा अवस्थित सैनिक पोष्टमा भएको आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस)आतङ्ककारी समूहले जिम्मा लिएको छ । 

बिहीबार भएको आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको थियो। सिनाई प्रायद्विपमा भएको यो पछिल्लो कार्यक्रम दुई वर्षयता कै भीषण आक्रमणको रुपमा रहेको छ। आइएस आतङ्ककारी समूहले आफ्नो ‘अनलाइन’मार्फत आक्रमणको जिम्मेवारी लिएको हो। 

यसैबीच, संयुक्त राष्ट्र् सङ्घ सुरक्षा परिषद्ले सिनाइ द्विपको रफाह सहरमा भएको यस आक्रमणको कडा शन्दमा निन्दा गरेको छ। 

परिषद्ले जारी गरेको विज्ञप्तिमा घृणित र कायरतापूर्ण आक्रमणको परिषद् सदस्यहरुद्वारा निन्दा गरिएको जानकारी दिइएको छ। रासस/एपी/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell