PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

बक्सअफिसमा फ्लप 'ट्युबलाइट', तिर्लान् त सलमानले बितरकलाई पैसा?



पहिलोपोस्ट

बक्सअफिसमा फ्लप 'ट्युबलाइट', तिर्लान् त सलमानले बितरकलाई पैसा?

बलिउड स्टार सलमान खानको फिल्म 'ट्युबलाइट' बक्स अफिसमा फ्लप भयो। जसका कारण फिल्म बितरकलाई ७५ करोड घाटा भएको वेबदुनियाँले जनाएको छ। सलमानको स्टारडममा भरोसा गरेर फिल्म खरिद गरेका डिस्ट्रिब्युटरलाई तिर्लान् त सलमानले पैसा?

फिल्मबाट सलमानले करिव दुई सय करोडको व्यापार गरे। फिल्म सार्वजनिक हुनुअघि नै ट्युबलाइटल् १५२ करोड कमाएको थियो। काबिल खान निर्देशित फिल्मले भारत भित्रको थिएट्रिकल राइट्स १३२ करोडमा बिक्री गरेको थियो। त्यस्तै फिल्मको म्युजिक राइट्स २० करोडमा सोनी टिभीले किनेको हो।

वेब दुनियाँले जनाए अनुसार फिल्म बितरकहरु सलमान पिता सलिम खानलाई भेट्दै छन् र आफ्नो पैसा फिर्ता गर्न अनुरोध गर्दैछन्। अभिनेता मात्र नभई फिल्मका निर्माता समेत रहेका सलमानले पचास करोडसम्म फिल्म बितरकलाई दिने जनाइएको छ।

फिल्ममा सलमान खान, सोहेल खान, चिनिया अभिनेत्री झुझुको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell