PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नौ दिनदेखि महिला बेपत्ता



पहिलोपोस्ट

पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन्।

गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका श्रीमान् यमप्रसाद बरालले जानकारी दिए।

महानगर–२२ पुम्दीभुम्दी घर भएका बराल परिवारले सो ठाउँमा रेस्टुराँ व्यवसाय गर्दै आएका र पार्वतीको चिनेजानेका र आफन्त सबैकहाँ सोधपुछ गर्दासमेत फेला नपरेको बताइएको छ।

श्रीमान् यमप्रसादले श्रीमतीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको बताए। पार्वतीले रेस्टुराँमा लेखाको काम गर्दै आएकी थिइन्। घरमा झैझगडा केही पनि नभएको यमप्रसादको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell