PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पोखराको लामाचौरमा मुख्य सडक भासियो



पहिलोपोस्ट

पोखराको लामाचौरमा मुख्य सडक भासियो

पोखराः अविरल बर्षाका कारण पोखरा लेखनाथ महानगरपालिकाको लामाचौरमा मुख्य सडक नै भासिएको छ। महानगरको वडा नम्बर १६ को लामाचौर चोकमा शनिबार राति परेको अविरल बर्षसँगै सडक भासिएको हो।

मुख्य सडक भासिएर सवारी अवागमनमा समस्या भएसँगै बिहानै उक्त स्थान डोजर लगाएर पुरिएको छ।

लामाचौर माछापुच्छ्रे सडकखण्ड भासिदा एकता आरसी कम्पेक्स भएको घर समेत जोखिममा परेको छ। भुर्जुङखोला तातोपानी जाने मुख्य सडक बन्द भएको स्थानीयले बताए।

पानी बग्ने नालाको उचित व्यवस्था नहुँदा बर्षेनि सडक भासिने गरेको स्थानीयले बताए।

गतबर्ष सोही स्थानमा नालामा खसेर एकजना सर्वसाधारणको मृत्यु समेत भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell