PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा विमला र भीम च्याम्पियन



पहिलोपोस्ट

दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा विमला र भीम च्याम्पियन

काठमाडौं : विमला सुनुवार र भीमबहादुर तामाङले तेश्रो दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा स्वर्ण जितेका छन्। बालाजुस्थित दागम्बु क्लाइबिङ सेन्टरमा शनिबार भएको प्रतियोगिताको विमला महिला र भीम पुरुषतर्फ च्याम्पियन बने।

महिलामा सुस्मिता बराल दोस्रो र पेम्बा कान्डी शेर्पा तेस्रो भए। पुरुषमा टिटिन वर्टिन राई दोस्रो तथा विजय सुनुवार तेस्रो भए। दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कारसहित पदक र प्रमाण पत्र हात पारे।

विजेतालाई सांसद् विनोद श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना र दोर्जे खत्रीकी श्रीमती फुफु थाक्छे शेर्पालगायतले पुरस्कृत गरे।

पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा राष्ट्रिय खेलदुद परिषदको सहयोग तथा नेपाल ओलम्पीक कमिटिको समर्थनमा नेपाल स्पोर्ट क्लाइम्बिङ एसोसिएसनद्धारा संघका दिवङ्गत केन्द्रीय सदस्य एवं ओलम्पियन जुडो खेलाडी फुपु ल्हामु खत्रीका पिता दोर्जे खत्रीलाई स्मरण गरी हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामामा यस पटक पाँचौ पर्वतीय खेलकुद महोत्सव– २०१७ का अवसरमा 'दोर्जे खत्री मेमोरियल वोल्डरीङ्ग प्रतियोगीता २०१७' आयोजना गरिएको हो।

यस प्रतियोगितामा काठमाडौ उपत्यकाका विभिन्न विद्यालयका ८१ छात्र छात्राले सहभागीता जनाएका छन। जसमा ३० छात्रा र ५१ छात्र सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell