PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

धरान, अर्जुनधारा र पुनर्वासमा मतगणना जारी, तीनै स्थानमा एमालेको अग्रता



पहिलोपोस्ट

धरान, अर्जुनधारा र पुनर्वासमा मतगणना जारी, तीनै स्थानमा एमालेको अग्रता

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अब ३ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ। ३३४ तहमध्ये ३३१ स्थानको नतिजा अइसकेको छ। नतिजा अउन बाँकी स्थानीय तहमा धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन्।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा छ। कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। एमाले १४८ स्थानमा विजयी भएको छ। यस्तै कांग्रेस १२२ र माओवादी केन्द्रले ३८ स्थानमा जित हासिल गरेको छ।

मतगणना जारी रहेको धरान उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ। एमालेका तर्फबाट मेयरका उम्मेदवार तारा सुब्बा धरानमा अग्रस्थानमा छन्। उनलाई कांग्रेसका तिलक राईले पछ्याइरहेका छन्। उपमेयरमा एमालेकै मञ्जु भण्डारी अग्रस्थानमा छिन्।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा एमालेका जीवन थापा अग्रस्थानमा छन भने उनलाई कांग्रेसका तोयाप्रसाद शर्माले पछ्याइरहेका छन्।

मतगणना भइरहेको झापाको अर्जुनधारा नगरपालिकामा पनि एमाले नै अग्रस्थानमा छ। मेयर पदमा एमालेका हरिकुमार राना अगाडि छन् भने उनलाई कांग्रेसका हेमराज खरेलले पछ्याइरहेका छन्। उपमेयरमा पनि एमालेकै कमला आचार्य अघि छिन्। कांग्रेसकी सरस्वती सिटौलाले आचार्यलाई पछ्याइरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell