PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका बराबरीमा रोकियो, मार्टिनिकको जित



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका बराबरीमा रोकियो, मार्टिनिकको जित
मार्टिनिकका गोलकर्ता स्टिभिन लाङगिल, फोटो : एएफपी

आयोजक अमेरिका कोनकाकाफ गोल्डकपको पहिलो खेलमा पनामासँग बराबरीमा रोकिएको छ। नासभिलस्थित निशान स्टेडियममा भएको समूह बी को खेलमा अमेरिकालाई पनामाले १-१ गोलको बराबरीमा रोकेको हो।

५०औं मिनेटमा डम डवरले गोल गर्दै घरेलु टोली अमेरिकालाई पहिले अग्रता दिलाएका थिए। ६०औं मिनेटमा मिगुएल कमार्गोले पनामाका लगि बराबरी गोल फर्काएका हुन्।

समूह बी कै अर्को खेलमा मार्टिनिकले निकारागुवालाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। जितपछि समूह बी मा ३ अंकका साथ मार्टिनिक समूहको शीर्षस्थानमा छ। अमेरिका र पनामाको समान १/१ अंक छ।

निशान स्टेडियममै भएको खेलमा मार्टिनिकलाई जित दिलाउन केभिन पार्सेमिनले ३५औं र स्टिभिन लाङगिलले ६६औं मिनेटमा गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell