PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गिरीको शव देवघाटमा, आजै दाहसंस्कार गरिने



रासस

चितवन : पवित्र तीर्थस्थल देवघाटस्थित महेश सन्न्यास आश्रमका संस्थापक पीठाधीश डा रामानन्द गिरीको पार्थिव शरीर आज बिहान देवघाट ल्याइएको छ। 

लामो समयदेखि निमोनिया र दमका कारण बिरामी परेका गिरीको शनिबार ७२ वर्षको उमेरमा निधन भएको थियो। सन्न्यासी परम्परानुसार देवघाटको बेनीमा जलसमाधि गरेर उनको अन्तिम दाहासंस्कार गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए। 

असार १४ गतेदेखि स्वास्थ्यमा खराबी देखिएपछि गिरीको ग्रान्डी अस्पतालमा उपचार भइरहेकामा पशुपति देवपत्तनस्थित शङ्कराचार्य मठमा निधन भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell