PahiloPost

May 23, 2025 | १० जेठ २०८२

राष्ट्रसंघले भन्यो–दक्षिण सिरियाको युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुग्छ



रासस

राष्ट्रसंघले भन्यो–दक्षिण सिरियाको युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुग्छ
फोटो श्रोतः taskandpurpose.com

दमास्कसः संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत ६ वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पुग्ने बताएको छ।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष उप–प्रतिनिधि राम्जी  राम्जीले एक दिन अघि जर्मनीको ह्यामवर्गमा गरिएको सम्झौता सार्वजनिक गर्दै सिरिया द्वन्द्व समाधानका लागि शुक्रबारको सहमतिले एक कदम ठीक दिशातिर लगेको बताए।

उनले सिरियाका अन्य क्षेत्रपनि हिंसा कम गर्न यस्तै सम्झौता हुनेमा विश्वास गरे। राष्ट्रसङ्घ प्रतिनिधि राम्जी संयुक्त राष्ट्रसङ्घको पहलमा जेनेभामा सोमबार हुने शान्ति वार्ताका लागि तयारी गर्न शनिबार दमास्कस पुगेका छन्। 

युद्धविराम दमास्कसको समय अनुसार आइतबार मध्यान्हदेखि लागू हुने छ। सम्झौताले अमेरिका र रसियाबीचको नयाँ तहको सहकार्यलाई प्रतिविम्वित गरेको छ। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell