PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ग्रीनबेल्टमा सवारी पार्किङ त गर्नुभएको छैन ? होसियार ! कारवाहीमा पर्नुहोला



पहिलोपोस्ट

ग्रीनबेल्टमा सवारी पार्किङ त गर्नुभएको छैन ?  होसियार ! कारवाहीमा पर्नुहोला

काठमाडौः सडक किनारमा रहेको ग्रीनबेल्टमा सवारी पार्किङ गर्ने बानी लागेको भए होसियार  !  तपाईँ प्रहरीको कारवाहीमा पर्न सक्नुहुनेछ।

ट्राफिक प्रहरीले आजबाट ग्रीनबेल्टमा सवारी पार्किङ गर्ने चालकलाई कारवाही  सुरु गरेको छ। ग्रीनबेल्ट क्षेत्रमा पार्किङ गर्दा सडकको सुन्दरता र सवारी जाम भएकाले यस्तो कारवाही सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामाले बताए।

‘ग्रीनबेल्ट सवारी पार्किङ गर्ने स्थान होइन त्यसैले अव हामी कारवाही प्रकृया अगाडि बढाएका हौं।’ पहिलो चरणमा सवारी चालकलाई सम्झाएर हटाउन लगाउने र दोस्रो पटक पनि पार्किङ गरे जरिवाना रसिद काट्ने लामाले बताए।

राजधानीको बसपार्क, चक्रपथ, गौशाला क्षेत्रमा रहेको ग्रीनबेल्टमा सवारी पार्किङ बढ्दै गएको छ। ग्रीनबेल्ट क्षेत्रमा व्यापार गर्ने जथाभावी निर्माण सामग्री थुपार्नेलाई पनि कारवाही गरिने महाशाखाले जानकारी दिएको छ । 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell