PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

यस्तो छ 'धनपतिको' धन कलेक्शन



पहिलोपोस्ट

यस्तो छ 'धनपतिको' धन कलेक्शन

काठमाडौं: फिल्म 'धनपति'ले बक्कअफिसमा राम्रो प्रदर्शन गरेको छ। काठमाडौं भित्र र बाहिर गरेर फिल्मले एक करोड ग्रस कलेक्शन गरेको हो। फिल्मको काठमाडौं कलेक्शन बारे आधिकारिक बिक्रेता स्टेशन फाइभले पुस्टि गरेको हो।

स्टेशन फाइभका तर्फबाट प्रचण्डमान श्रेष्ठले पहिलोपोस्टसँग भने,'शुक्रबार र सनिबार गरेर काठमाडौंमा मात्र ७५ लाख हाराहारीको व्यापार भयो।' उनले सनिबार फिल्मको ९८ प्रतिशत अकुपेन्सी रहेको समेत जानकारी दिए। काठमाडौंको अधिकांश हलहरुमा धनपतिले पाएको छ। दर्शकबाट मिश्रित प्रतिक्रिया पाएपनि व्यवसायिक हिसाबमा फिल्मले राम्रो प्रस्तुती गरेको छ।

ओभरसिज राइट्स बिक्री गरेर फिल्मले ६२ लाख नेट कलेक्शन गरिसकेको छ। फिल्म युनिटले लगानी उठाएको बताएको छ। फिल्म प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले ४५ लाख मात्र ग्रस कलेक्शन गरेको थियो।

देशभरका ६० भन्दा बढी हलमा प्रर्दशन भइरहेको फिल्मभसँग सिंगल स्क्रिनमा नेपाली फिल्मा मन्दिरा र मल्टिप्लेक्समा बलिउड फिल्म गेस्ट इन लन्डन र हलिउड फिल्म स्पाइडरम्यान होम कमिङ एङ्कसाथ प्रदर्शन भएको थियो। दिपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछानेको कथा र मुख्य भूमिका रहेका छ। सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell