PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

लागूऔषधसहित काठमाडौंको ढल्कुबाट तीन जना पक्राउ



पहिलोपोस्ट

लागूऔषधसहित काठमाडौंको ढल्कुबाट तीन जना पक्राउ

काठमाडौः प्रहरीले लागूऔषध कारोबारमा संलग्न तीन जनालाई काठमाडौैको ढल्कुबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, ढल्कुस्थित रेण्डपाण्डा होटलबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १९ बस्ने ३१ वर्षीय समिर पुजारी, काठमाडौं महानगरपालिका १७ की २७ वर्षीया अनिता पुजारी र काठमाडौं महानगरपालिका १६ का २९ वर्षीय कवीर महर्जन छन्।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजाल्याप १२८ एम्पुल, नुरफिन १५५ ट्यावलेट, फेनरागन १६१ एम्पुल र नाईड्रोमेट १४ ट्यावलेट बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell