PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'प्रेमगीत २'को सांगीतिक यात्रा अब उपत्यकामा



पहिलोपोस्ट

'प्रेमगीत २'को सांगीतिक यात्रा अब उपत्यकामा

काठमाडौं: फिल्म 'प्रेमगीत २'को नेपाल यात्रा मोफसलका लागि समापन भएको छ। फिल्म युनिट प्रचार प्रसारका लागि युनिट देशका विभिन्न शहरमा कन्सर्ट सहित निस्किएको थियो। अब प्रेमगीत २ युनिटले काठमाडौं, ललितपूर र भक्तपूरमा कन्सर्ट आयोजना गर्नेछ।



फिल्म युनिट दुई साताको यात्रापछि काठमाडौं फर्किएको छ। युनिट दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी, बिर्तामोड लगायत शहरमा कार्यक्रम सहित प्रस्तुत भएको थियो।



साउन १३ गतेबाट प्रदर्शन हुने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा कथा पनि उनकै रहेको छ। नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको फिल्मले तत्कालिन बर्मा र जापानबीचको युद्धको सेटिङ स्थापना गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell