PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

रामचन्द्र पौडेलको चिन्ताः पार्टी कमजोर बन्दै गयो, समीक्षा गरौं



रासस

रामचन्द्र पौडेलको चिन्ताः पार्टी कमजोर बन्दै गयो, समीक्षा गरौं

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्। 

पोखरा लेखनाथ महानगरपालिकामा पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै पौडेलले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताए। 

उनले पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको बताए। 

पौडेलले कांग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell