PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गीत कभर गर्नु हुन्छ? थपियो एक लाख जित्ने मौका



पहिलोपोस्ट

 गीत कभर गर्नु हुन्छ? थपियो एक लाख जित्ने मौका

काठमाडौं: फिल्म 'प्रेमगीत २'ले विश्वव्यापी कभर गीत प्रतियोगिताको घोषणा गरेको थियो। फिल्म युनिटले फिल्मको शीर्ष गीत 'कहानी यो प्रेमगीतको' माथी कभर गीत गायन प्रतियोगिताको घोषणा गरेको हो।

महिला र पुरुषको फरक फरक प्रतियोगिता रहने भनिएको प्रतिस्पर्धाका बिजेताले एक लाख नगद पुरस्कार सहित गायन मौका समेत पाउनेछन्। प्रतिस्पर्धाका लागि असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो। फिल्म युनिटले नयाँ डेडलाइन घोषणा गरेको छ। अब इच्छुक प्रतियोगीले २७ गतेसम्म गीत बुझाउन सक्ने भएको हो।

प्रतियोगीले पठाएको भिडियोलाई आसुसेन फिल्मसले यही असार ३० गतेदेखी हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलमा अपलोड गर्नेछ। र अपलोड गरिएको गीतको भ्युजका आधारमा प्रतियोगी छनोट हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell