PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सल्यानमा बस दुर्घटना, दुईको मृत्यु एकको सनाखत



पहिलोपोस्ट

सल्यानमा बस दुर्घटना, दुईको मृत्यु एकको सनाखत
फोटो डम्वर केसिको फेसबुकबाट

सल्यानः दाङको घोराहीबाट रूकुम हिडेको ना ४ ख ५७५४ नम्वरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान छत्रेश्वर ४ का ५२ बर्षिय रातो खड्का रहेका छन् भने अर्का एक जना पुरुषको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनिल मल्ले जानकारी दिएका छन्। 

हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ५ सल्लेखोलामा दुर्घटनामा परेको थियो। बसमा सवार अन्य २८ जना घाइते भएका छन्।

घाइतेमध्ये गम्भिर रहेकाको नेपालगञ्ज र दाङमा उपचारको लागी लगिएको छ। भिरबाट करिब सय मिटर तल झरेको गाडिको दुर्घटनाको कारण भने नखुलेको प्रहरीले बताएको छ। सवारी चालक समेत घाइते भएकाले कसरी दुर्घटना भयो भन्ने खुल्न नसकेको मल्लले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell