PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'नेपथ्य'को अस्ट्रेलिया यात्रा, यो वर्षको पहिलो कन्सर्ट सम्पन्न



पहिलोपोस्ट

'नेपथ्य'को अस्ट्रेलिया यात्रा, यो वर्षको पहिलो कन्सर्ट सम्पन्न

नेपाली सांगीतिक समुह नेपथ्यले शनिबार अस्ट्रेलियकको ‘प्लानेट सेकर्स’ बाट कन्सर्ट यात्रा सुरु गरेको छ। ‘यती फुटबल क्लब’ र ‘म्याग्दी ओभरसिज’को आयोजना भएको नेपथ्य कन्सर्ट केही समय अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुनेछ।

२०७२ बैशाखमा भुकम्प गएको भोलीपल्टै मेलबोर्नको मञ्चमा गीत प्रस्तुतीको लागि नेपथ्य उभिएको थियो। पुन: उही शहरमा नेपालीहरुका लागि भिन्न परिवेशमा गीत गाउन पाउँदा आफू उत्साही रहेको नेपथ्यका गायक अमृत गुरुङले जनाए। उनले भने, ‘यतिबेला पनि मुलुकका पहाडी र तराई भेगमा वर्षाका कारण बाढी र पहिरोले धेरै गाउँहरुलाई बिथोलेको समाचार आइरहेकै छन्। तर यस्तो बेलामा हामी एकजुट हुनुपर्छ।’ अमृतले कन्सर्टकै बीचमा यसरी दर्शकसँग संवाद गरेका थिए।



‘मेलबोर्नको व्यस्त र तनावपूर्ण जीन्दगी बाँचिरहेका नेपालीहरु माझ यस किसिमको कार्यक्रमले उत्साह र उमंगको सञ्चार गराइदिन्छ,’ आयोजक यती फुटबल क्लबका बाम गुरुङले भने, ‘यस्तो कार्यक्रमको आयोजक हुन पाएकोमा खुशी र गर्व दुवै महशुस भइरहेको छ।’

सिड्नीस्थित म्याग्दी ओभरसिजको संयोजनमा मेलबोर्नको आयोजना सम्पन्न भएपछि अब ब्याण्डको यात्रा ‘साउथ अष्ट्रेलिया’ प्रान्ततर्फ हुनेछ। भिक्टोरीयाको प्रान्तिय राजधानी मेलबोर्नबाट टोली अब जोडिएको पश्चिमी भेग पुगेर त्यहाँको प्रान्तिय राजधानी एडिलेडको मञ्चमा जुलाइ १५ का दिन कार्यक्रम हुनेछ। यस वर्षको अष्ट्रेलिया यात्राको समापन भने सिड्नीमा जुलाइ २२ तारिखका दिन हुने मिडिया संयोजक अर्पण शर्माले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell