PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राप्रपा संसदीय दलको बैठकः सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने



रासस

राप्रपा संसदीय दलको बैठकः सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने

काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी गराएका पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताइन्।

सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएका बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell