PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न संघीय समाजवादीको माग



पहिलोपोस्ट

संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न संघीय समाजवादीको माग

काठमाडौंः संघीय समाजवादी फोरमले संघीय गठबन्धन/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा सरकार समक्ष प्रस्तुत गरिएका २६ बुँदे प्रस्तावका आधारमा संविधान संशोधन गर्न माग गरेको छ।

हिजो र आज बसेको पार्टीको पदाधिकारी बैठकले यसअघि सरकार समक्ष प्रस्तुत गरिएका २६ बुँदे प्रस्तावका आधारमा समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता, समान भाषिक अधिकारका साथै प्रदेशको संख्या र सीमाङ्कनलगायत मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु तथा अल्पसंख्यक एवं सीमान्तकृत समुदायसँग सम्बन्धित राष्ट्रिय समस्याहरुको समाधान र  सम्बोधन हुने गरी संविधान संशोधन गर्न माग गरेको हो।

बैठकले तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेश गरिएको अधुरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान नहुने निष्कर्ष निकालेको छ। 

विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गर्न पनि बैठकले माग गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell