PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

भेनेजुयलाका विपक्षी नेता जेलबाट रिहा, घरमै नजरबन्दमा बस्नुपर्ने



रासस

भेनेजुयलाका विपक्षी नेता जेलबाट रिहा, घरमै नजरबन्दमा बस्नुपर्ने
फोटो श्रोत : lethbridgenewsnow.com

काराकासः जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वोच्च अदालतले दिएको छ। 

भेनेजुयलाको सर्वोच्च अदालतले दिएको अनुमतिबमोजिम उनले आफ्नै घरमा रहेर बाँकी जेल जीवन ब्यतित गर्न पाउने भएका हुन्। 

सर्वोच्च अदालतका न्यायाधिशले उनलाई सन् २०१५ मा नै करिव १४ वर्षको कारावास सजाय सुनाएकोले उनी हालसम्म जेलमै थिए। 

तर शनिबार अदालतले बाँकी जेल जीवन घरमै नजरबन्दमा रहेर ब्यतित गर्न पाउने फैसला गरेकाले उनलाई आइतबारबाटै घरमा नजरबन्द सुरु गरिएको अधिकारीले जनाएका छन्। 

उनका वकिल जाभिएर क्रेमाडिसले फैसलाको पुष्टी गर्दै ट्विटरमा लेखेका छन्,‘लेओपोल्डो लोपेजलाई उहाँकी श्रीमती र छोराछोरीसँगै घरमै नजरबन्द गरिएको छ।’

उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन र कानुनी प्रक्रियालाई सहज तरिकाले अगाडि बढाउन मानवअधिकारबादीको मागअनुसार उनलाई घरमै नजरबन्दमा राख्नुपरेको अदालतले जनाएको छ। 

विपक्षी दलका दक्षिणपन्थी नेता लोपेजलाई अदालतले गत सन् २०१५ को सेक्टेम्बरमा १३ वर्ष नौ महिना सात दिन जेल सजाँयको फैसला सुनाएको थियो। 

उनालाई हिंसा भड्काउन उत्तेजित पारेको, आतङ्क मच्चाएको, आगजनी गरेको र आपराधिक कार्यमा संलग्न भएकोलगायतका आरोप लगाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell