PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : ११औं एसियन क्याडेट तथा १८औं एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। किर्गिस्तानको बिस्केटमा हुने च्याम्पियनसिपमा नेपालबाट भाग लिने तीनै खेलाडीले जुनियर तर्फ प्रतिस्पर्धा गर्नेछन्।

जसमा गत संस्करणमा क्याडेटतर्फ सिल्भर मेडल जितेका मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ र किरण गदेल छन्। प्रशिक्षकमा विरेन्द्र रंजित छन्। मनिताले ५७, इन्द्रले ६६ तथा किरणले ६० केजी तौलसमूहमा खेल्नेछन्।

३ खेलाडी र प्रशिक्षकसहित नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि मंगलबार बिस्केट प्रस्थान गर्नेछन्। अध्यक्ष बज्राचार्यले जेयुए एडुकेशन एण्ड काता डिरेक्टरमा भाग लिनेछन्।

बिस्केटमा जेयुए रेफ्री सेमिनारहरु भने सुरु भइसकेको छ। जसमा भाग लिन नेपालबाट धर्म कुमार श्रेष्ठ र पृथ्वी आलोक शनिबार नै त्यसतर्फ गइसकेका छन्।

केही समयअघि हङकङमा भएको एसियन च्याम्पियनसिप, गत वर्ष कोचीमा भएको एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप र सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्षले बताए।

'यी खेलाडीहरु अहिले राष्ट्रिय टिमको क्लोज क्याम्मपमा भएका खेलाडीहरु हुन्, अरु खेलाडिहरु सबै सिनियर भइसकेका कारण ३ खेलाडी मात्र छनोट भएका हुन्।' उनले भने।

गत संस्करणमा क्याडेटतर्फ पदक मनिताले पदक जितिसकेका कारण यसपटक पनि पदको आश गरिएको अध्यक्ष दीपकहर्षले बताए।

उनले नेपालमा मात्र ट्रेनिङ गरेर नपुग्ने भन्दै विदेशमा पनि खेलाडीहरुको लागि ट्रेनिङको व्यवस्था मिलाउनु पर्ने साथै प्रतियोगिताहरुमा पनि सहभागिता जनाउनु पर्नेमा जोड दिए। 'अनी त्यसबाट खेलाडीको मुल्याङकन हुन्छ, लङ टर्म प्लान बनाएर अगाडी बढ्नुपर्छ।' उनले भने, 'विदेशी कोच बोलाएर नेपालमा पनि ट्रेनिङ गराउनुपर्छ, यहाँका खेलाडीलाई पनि ट्रेनिङका लागि बिदेश पठाउनुपर्छ।'

बिस्केट जाने तीन खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचव केशव कुमार विष्टले बिदाइ गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell