PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बालिका बलात्कारमा संलग्न बम नयाँदिल्लीबाट पक्राउ



रासस

बालिका बलात्कारमा संलग्न बम नयाँदिल्लीबाट पक्राउ

भीमदत्तनगर : आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको नयाँदिल्लीबाट पक्राउ गरेको छ। 

गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो। 

बमलाई पक्राउ गर्न भारतीय प्रहरीले पनि सहयोग गरेको थियो। बालिकालाई बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell