PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

ढुङ्गा खसेर मजदुरको मृत्यु



रासस

ढुङ्गा खसेर मजदुरको मृत्यु

रसुवा : ढुङ्गाले लागेर रसुवास्थित अपर सोमदाङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। 

प्रहरीका अनुसार ढुङ्गा लागेर बर्दिया कलवलबारका २३ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो।

आज बिहान ९ बजे पार्वतीकुण्ड गाउँपालिका–१ मा काममा खटिरहेका अधिकारी माथि ढुङ्गा खसेको थियो। 

तालु र कञ्चटमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell