PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भानु जयन्तीमा गीता केशरी र जगमान गुरुङलाई रथारोहण गराइने



रासस

काठमाडौँ : भानु प्रतिष्ठानले यसवर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराउने भएको छ। 
प्रतिष्ठानकातर्फबाट यसवर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु सङ्गीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए। 

प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानुजयन्तीका अवसरमा निमन्त्रणा गरेको छ। समितिले १८ वर्षदेखि कोलकातामा भानुजयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell