PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

फिल्म ‘भुईँमान्छे’ को गीत, सिपोरा गुरुङ र रमेश बुढाथोकीको फिचरिङ



पहिलोपोस्ट

फिल्म ‘भुईँमान्छे’ को गीत, सिपोरा गुरुङ र रमेश बुढाथोकीको फिचरिङ

काठमाडौं: फिल्म 'भुईंमान्छे'को पहिलो गीत सार्वजनिक भएको छ। 'जिन्दगी एउटा गीत हो' बोलको गीत युट्युबमार्फत भिडियो सहित रिलिज गरिएको हो। फिल्म रिलिज टार्गेट भदौको पहिलो साता भएपनि फिल्मको प्रचार प्रसार सुरु गरिएको छ।

पोस्टमार्टम गर्ने व्यक्तिको मनोदशा र जीवन कथामा आधारित फिल्म ‘भुईमान्छे’ को सार्वजनिक गीती भिडियोमा मुख्य कलाकार सिपोरा गुरुङ र रमेश बुढाथोकीको मुख्य अभिनय रहेको छ। गीतमा गायक प्रमोद खरेलको स्वरमा रहेको छ। गीतको शब्द दयाराम पाण्डले लेखेका हुन् भने संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका छन्।

भदौ २ गतेदेखी प्रदर्शनमा आउने फिल्मलाई शैली इंटरटेनमेन्ट एण्ड मुभिज र शैली थिएटरको प्रस्तुत गरेको हो। निरुपा राज्य लक्ष्मी थापाको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका छन्। रमेश र सिपोराकोसँगै सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell