PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

चीनको साङ्सी र गान्सु प्रान्तमा द्रृुतगतिको रेलद्वारा सेवा विस्तार 



रासस

चीनको साङ्सी र गान्सु प्रान्तमा द्रृुतगतिको रेलद्वारा सेवा विस्तार 
फोटो श्रोतः inhabitat.com

लङहोउः उत्तरपश्चिम चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ द्रृुतगतिको रेलसेवाले जोडेको छ । 

ती सहरलाई द्रुत रेलमार्गमार्फत जोड्नेगरी आइतबारदेखि सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन्। 

बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघण्टा २५० किलोमिटरको दरले द्रुतगतिको रेल सेवा सुरु भएको छ। यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो। 

यसअघि ६ घण्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घण्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell