PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाल प्रहरीमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु हुने



पहिलोपोस्ट

नेपाल प्रहरीमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु हुने

काठमाडौः गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीका रिक्त पदहरुमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने नीति बनाईएको जानकारी दिएका छन्।

 व्यवस्थापिका संसदमा जवाफ दिदै गृहमन्त्री शर्माले भने , ‘धेरै समय बढुवा नहुने कसैलाई माथि तान्न कसैलाई तल पार्न लामो समय बढुवा नहुने गुनासोहरु आउने गरेको हुनाले सवै गुनासा अन्त्य गर्नेगरी रिक्त हुने वित्तिकै पदपुर्तिको प्रक्रिया अगाडि बढाउने ब्यवस्था गरिएको छ।’

बढुवा रोकिंदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक (एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा बढी पद रिक्त छन्। 

समयमा नै बढुवा नहुँदा केही प्रहरीले उमेरहदका कारण अनिवार्य अवकाशसमेत पाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell