PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एएफसी यू-२३ च्याम्पियनसिप छनोट : विमलको कप्तानीमा नेपाली टोली घोषणा



पहिलोपोस्ट

एएफसी यू-२३ च्याम्पियनसिप छनोट : विमलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं : आगामी शनिबारदेखि सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि २३ सदस्यीय नेपाली फुटबल टोली घोषण भएका छ।

मुख्य प्रशिक्षक राजुकाजी शाक्यले यही मंगलबार हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि विमल घर्ती मगरको कप्तानीमा टोली घोषणा गरेका हुन्। सोही टोली नै युएईमा हुने छनोटका लागि जाने एन्फाले जनाएको छ।

टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका विमलसँगै उपकप्तान अनन्त तामाङ, हेमन गुरुङ, अन्जल विष्ट, कमल श्रेष्ठ, सुमन लामा, हेमन्त थापा मगरलगायतका खेलाडी छन्।

नेपाल यू-२३ र बंगलादेश यू-२३ बीच पर्सी मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैत्रीपूर्ण खेल हुँदैछ।  यस्तै एएफसी यू-२३ छनोट च्याम्पियनसि जुलाई १५ देखि युएईको अल अइनमा सुरु हुनेछ। नेपालले समूह डी मा आयोजक युएईसँगै उज्वेकिस्तान र लेवनानसँग खेल्नेछ।

सन् २०१५ मा इरानमा भएको यू-२३ च्याम्पियनसिप छनोट टोलीमा रहेका ९ खेलाडी अहिले पनि निरन्तर छन्। जसमा कप्तान विमलसहित, उपकप्तान अनन्त, एलान, अन्जन, हेमन, हेमन्त, दीनेश, गौरव र कमल छन्।

नेपाली यू-२३ टोली

गोलकिपर : एलान न्यौपाने, किशोर गिरी, अशोक बराल

डिफेण्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ,  निरज बस्नेत, छिरिङ तामाङ, लक्षमण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बाल, पुजन उपरकोटी, तेज तामाङ, डोन थापा, विवेक बस्नेत

फरवार्ड : विमल घर्ती मगर, अन्जल विष्ट, संजोग राई, विश्वास श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell