PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

युनाइटेड छाडेर पुन: एभरटन पुगे वायन रुनी



पहिलोपोस्ट

युनाइटेड छाडेर पुन: एभरटन पुगे वायन रुनी

म्यानचेष्टर युनाइटेड तथा इंगल्याण्डका कप्तान वायन रुनी पूर्व क्लब एभरटनसँग अनुबन्धित भएका छन्। एभरटनले रुनीलाई २ वर्षको लागि अनुबन्ध गरेको क्लबको वेवसाइटमा जनाइएको छ। तर कती रकममा अनुबन्ध गरिएको भने खुलाइएको छैन।

केही दिनअघि मात्र युनाइटेडले एभरटनका रोमेलु लुकाकुलाई क्लब भित्राएपछि युनाइटेडमा रुनीलको भविष्य अनिश्चित बनेको थियो।

युनाइटेड र इंगल्याण्ड दुवैको सर्वाधिक गोलकर्ता रहेका रुनीले ब्वाइहुड क्लब एभरटनका लागि ७७ खेल खेल्दै १७ गोल गरेका थिए। सन् २००२ मा १६ वर्षको उमेरमा रुनीले एभरटनबाट खेल्दै प्रिमियर लिगमा डेब्यु गरेका थिए। २ वर्ष एभरटनका लागि खेलेका रुनील २००४ मा ओल ट्राफोर्ड लागेका हुन्। 

रुनीले पुन: एभरटनमा फर्कन पाउँदा खुशी लागेको र एकदमै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

१५ वर्षे करियरमा रुनीले युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग, ५ प्रिमियर लिग, १ एफए कप, ३ लिग कप र १ क्लब वर्ल्ड कप जितेका छन् भने कूल ३२३ गोल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell