
दोहाः चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको छ।
कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्ने र क्षतिपूर्ति दावी गर्ने बताए।
उनले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिपूर्ति माग गर्ने बताए। नवगठित समितिमा कतारका न्याय तथा विदेश मन्त्री पनि सदस्य छन्।
सायदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारले आतङ्कबादलाई सघाएको आरोप लगाउँदै कतारसँगको कुटनैतिक सम्वन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए।
कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ। रासस/एपी