PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राजपा र एमालेबीच रिसोर्ट वार्ता, सत्तासमिकरणमा असर पर्ला?



रमेश वाग्ले

राजपा र एमालेबीच रिसोर्ट वार्ता, सत्तासमिकरणमा असर पर्ला?

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुबीच बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा दुई दिनदेखि वार्ता जारी छ। 

वार्तामा एमालेका तर्फबाट रवीन्द्र अधिकारी र डा. राजन भट्टराई र राजपाका तर्फबाट जितेन्द्र सोनल र मनीषकुमार सुमन सहभागी छन्। 

वार्तामा सहभागी सुमनले पहिलोपोस्टसित कुरा गर्दै आफूहरु वार्ताकै क्रममा रहेको जानकारी दिए। उनका अनुसार हिजोदेखि संविधान संशोधन लगायतका विषयमा छलफल सुरुभएको हो। 

त्यसैगरी एमाले सांसद रवीन्द्र अधिकारीका सहयोगी राजेन्द्रदेव आचार्यले हिजोदेखि सुरु भएको र वार्ता जारी रहेको जानकारी दिए। 

राजपाका एक नाम बताउन नचाहने नेताले भने राजपाका केही नेताहरु पार्टीमा छलफल नै नगरी एक दुई शीर्ष नेताको निर्देशनमा एमालेसँग नजिकिने र सत्तासमीकरण मै असर पार्ने गरी लागेको देखिएको बताएका छन्। 

'एक दुई नेता मधेसी जनताको भावना विपरित सत्ताको खेलमा लागेका छन्,' ती नेताले भने, 'तर त्यो राजपाको नभएर केही नेताको इच्छामा भइरहेको छ।' उनले एमालेका कारण संविधान संशोधन हुन नसकेको भन्दै संविधान संशोधनमा सहयोग नगर्दा सम्म एमालेसँग सहकार्य गर्नु नहुने बताए।

दोस्रो चरणको निर्वाचन पनि बहिस्कार गरेको राजपाले प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि दल दर्ता निवेदन निर्वाचन आयोगमा दिइसकेको छ। 

निर्वाचनमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको राजपाले सत्तारुढ गठबन्धनसित पनि वार्ता गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell