PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

खोलाले बगाएर बझाङमा तीन बालक बेपत्ता



रासस

खोलाले बगाएर बझाङमा तीन बालक बेपत्ता

बझाङ  : खोलाले बगाएर बझाङमा तीनजना बालक बेपत्ता भएका छन्। 

काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोहरा बेपत्ता भएका हुन्।

काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका प्रहरीले जनाएको छ। खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दा वर्षेनी अकालमै ज्यान गुमाउन बाध्य छन्। बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell