PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

इलाममा ४ सय ५२ उम्मेदवारको जमानत जफत



रासस

इलाम : स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका इलामका ४५२ जनाको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो। 

इलाम नगरपालिकाका ९५ जना, माई नगरपालिकाका ६८ जना, सूर्योदय नगरपालिकाका ९५ जनाको जमानत जफत भएको हो। 

त्यसैगरी, चुलाचुली गापाका ६२ जना, फाकफोकथुम गापाका ४५ जना, माई जोगमाई गापाका २७ जना, रोङ गाउँपालिकामा ३७ जना र सन्दकपुर गाउँपालिकामा २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। 

सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नौवटा दल र स्वतन्त्रका उम्मेदवारले जमानत जोगाउन सकेनन्। स्थानीय तहको निर्वाचनमा इलाममा एक हजार ५९४ जनाले उम्मेदवारी दिएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell