भद्रपुर : स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकामा पार्टीका उम्मेदवारालाई हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै नौजना क्रियाशील सदस्यलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काशन गरेको छ।
निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पुर्याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार निष्काशन गरिएको हो।
निष्काशित हुनेमा भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला छन्।
यसैगरी, भद्रपुर–४ का मनोज केसी, भद्रपुर– ७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला छन् भने भद्रपुर– ८ की कुन्तीदेवी राईलगायतले पार्टीको हितविपरीत विपक्षी पार्टीलाई फाइदा पुग्नेगरी बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा निष्काशन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए। रासस