PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

लिउलाई उपचारका लागि विदेश लैजान अमेरिकी र जर्मन चिकित्सकको सुझाव



रासस

लिउलाई उपचारका लागि विदेश लैजान अमेरिकी र जर्मन चिकित्सकको सुझाव
फोटो श्रोतः japantimes.com


चीन : अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न समस्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय दिएका छन्। 

उनीहरूले लिउको स्वास्थ्य परीक्षण तथा ल्यावको रिपोर्टका आधारमा उपचार गर्न विदेश जानसक्ने जनाएका हुन्। 

अमेरिकी एमडी एन्डरसन क्यान्सर सेन्टरका क्यान्सर रोग विशेषज्ञ तथा जर्मनीको हेडलवर्ग विश्वविद्यालयका चिकित्सक मार्कुस बुकलरले लिउलाई उपचार गर्न विदेश जाने अनुमति दिएपनि उनलाई विशेष स्वास्थ्य सेवासहितको हवाई एम्वुलेन्सको सहायतामा उपचारार्थ विदेश लग्न सुझाव दिएका छन्। 

जेलमा हुदै नोबेल पुरस्कार पाएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि केही समय पहिले रिहा गरिएको थियो। 

गत मे २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो। कलेजोको क्यान्सरबाट पिडित उनलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त गरिएको थियो। 

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियो। 

लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले तीन बर्ष मात्रै जेलअवधि पुरा गरेका छन्। 

लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघिदेखि नै उत्तरपूर्वी सहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको थियो।रासस /एएफ्पी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell