PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

काठमाडौंका मेयरको गुनासोः ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन



रासस

काठमाडौंका मेयरको गुनासोः ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताएका छन्। 

नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै मेयर शाक्यले आवश्यक कानुनी व्यवस्था नहुँदा स्थानीय तह विकासका लागि प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न कठिन भएको बताए। 

जागरण मञ्चकातर्फबाट अध्यक्ष सुजीव बज्राचार्यले शाक्यलाई बुझाएको नौ बुँदे ध्यानाकर्षण पत्रमा नेपाल भाषाको संरक्षण तथा प्रवद्र्धन, विभिन्न जात्रा र पर्व सञ्चालन व्यवस्थापन, स्थानीय तहमा नेपाल भाषाको व्यावहारिक प्रयोग, एकीकृत वस्ती र खुल्ला तथा सार्वजनिक स्थानको संरक्षणलगायत विषयलाई समेटिएको छ। 

स्थानीय भाषाको संरक्षण गर्ने काम सजिलो नभएको उल्लेख गर्दै प्रमुख शाक्यले विद्यालयस्तरको पाठ्यक्रममा नेपाल भाषाको अध्यापन गर्ने कामलाई महानगरले प्राथमिकतामा राखेको जानकारी पनि दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell