PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

नागरिकता किर्ते गर्ने जेल चलान



पहिलोपोस्ट

नागरिकता किर्ते गर्ने जेल चलान

दमक: नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो। जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो।

प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell