PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी



पहिलोपोस्ट

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी
तस्बिर : एलबी थापाकाे फेसबुकबाट

भीमदत्तनगर: कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन्।  उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया रानाले पाँच हजार ३९१ मत प्राप्त गरिन्। माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell