PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

टिपरको ठक्करबाट घाइते विकको उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

टिपरको ठक्करबाट घाइते विकको उपचारका क्रममा मृत्यु

गौशाला: महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा पछाडिबाट आएको ना ७ ख २२९३ नम्बरको टिपरले औरही गाउँपालिका–२ स्थित सडकमा ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

टिपरको ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा छोरा भुवनको काभ्रेपलाञ्चोकको शिर मेमोरियल अस्पतालमा गएराति मृत्यु भएको प्रहरी उपरीक्षक लम्सालले बताए।

त्यस्तै गम्भीर घाइते ज्ञामुको उपचार ललितपुरस्थित बिएन्डबी अस्पतालमा भइरहेको तथा ठक्कर दिने चालक र टिपर इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell