PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

झापाको अर्जुनधारामा एमाले विजयी, एमालेले जित्यो १५० स्थान



पहिलोपोस्ट

झापाको अर्जुनधारामा एमाले विजयी, एमालेले जित्यो १५० स्थान

काठमाडौँ: झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिकुमार राना विजयी भएका छन्। यस्तै, उपमेयरमा पनि एमालेकै कमला खतिवडा विजयी भएकी छन्। 

रानाले १३ हजार ८७९ मत पाएका छन्। रानाका निकटतम प्रतिस्पर्धी हेमराज खरेलले ९ हजार ६४१ मत पाए। यस्तै उपप्रमुखमा निर्वाचित खतिवडाले १२ हजार ८३१ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ५८९ मत प्राप्त गरिन्। 

दोस्रो चरणको स्थानीय तह निर्वाचनका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र मतपरिणाम आउन बाँकी छ। धरानमा पनि एमालेका उम्मेदवार तारा सुब्बाले अग्रता लिइरहेका छन्। 

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार एमाले १५० स्थानमा विजयी भएको छ। यस्तै, कांग्रेस १२२ र माओवादी केन्द्र ३८ स्थानमा विजयी हुँदै तेस्रो स्थानमा छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell