PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मनमोहन मिर्गौला प्रकरणः स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो छानविन समिति



पहिलोपोस्ट

मनमोहन मिर्गौला प्रकरणः स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो छानविन समिति

काठमाडौँः मनमोहन अस्पतालमा मिर्गौलाको पत्थरी अपरेसनका क्रममा मिर्गौला निकालिएको घटना छानविनका लागि स्वास्थ्य मन्त्रालयले सात सदस्यीय छानविन समिति गठन गरेको छ।

घटनाका सम्वन्धमा संसद्मा समेत आलोचना भएपछि मन्त्रालयले छानविन समिति गठन गरेको हो। मन्त्रालयका प्रमुख विशेषज्ञ पुष्पा चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

छानविन समितिमा मानव अंग प्रत्यारोपण केन्द्रका मिर्गौला रोग विशेषज्ञ पुकारचन्द्र श्रेष्ठ, बीर अस्पतालका युरोलोजिष्ट डा. अनिल श्रेष्ठ, मन्त्रालयका सहसचिव सनत केसी कानुन मन्त्रालयका सहसचिव शम्भु रेग्मीलगायत छन्।

पत्थरीको अपरेसनका लागि जेठ २२ गते मनमोहन अस्पताल पुगेका नुवाकोट विदुर नगरपालिका १२ का शिवप्रसाद रिमालको मिर्गौला नै झिकिएको भन्दै सदन र सडकमा आवाज उठेको थियो। अस्पतालले जटिल विषय भएकाले विरामीलाई पूर्व जानकारी दिएर मिर्गौला निकालिएको बताएको छ। पीडित पक्षले भने बदनियतपूर्वक मिर्गौला निकालेको आरोप लगाउँदै आएको छ।

रिमालले घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell