PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

लेविसको शतक मद्दतमा भारत विरुद्ध वेष्टइन्डिजको जित



पहिलोपोस्ट

लेविसको शतक मद्दतमा भारत विरुद्ध वेष्टइन्डिजको जित

एभिल लेविसको शानदार शतक मद्दतमा एक मात्र टी-२० खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेट पराजित गरेको छ। लेविसले नटआउट १ सय २५ रन नबाएपछि वेष्ट इन्डिजले १ सय ९१ रनको लक्ष्य ९ बल अगावै १ विकेट मात्र गुमाएर पूरा गर्‍यो।

लेविसको टी २० करियरमा यो दोस्रो शतक र दुवै शतक भारत विरुद्ध नै रह्ययो।

किंग्सटनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। भारतका लागि दिनेश कात्तिकले सर्वाधिक ४८ रन बनाए भने कप्तान विराट कोहलीले ३९ तथा रिसव पन्तले ३८ रन बनाए।

वेष्टइन्डिजका जेरेमी टेलर र केसरिक विलियम्सले २-२ विकेट लिए।

जवाफमा घरेलु टोली वेष्टइन्डिजले १८.३ ओभरमै १ सय ९४ रन बनाउँदै खेल जित्यो। क्यारेवियन टोलीको जितमा नायक बनेका लेविसले ६२ बल खेल्दै ६ चौका र १२ छक्काको मद्दतमा नटआउट १ सय २५ रन बनाए।

उनले पहिलो विकेटका लागि क्रिस गेलसँग ८२ रनको साझेदारी गरे। गेलले १८ रन बनाए। लेभिसले दोस्रो विकेटका लागि मार्टिन सामुएल्ससँग नटआउट १ सय १२ रनको साझेदारि गर्दै वेष्टइन्डिजलाई जित दिलाए।

भारतका लागि एक मात्र विकेट यसै खेल मार्फत टी २० मा डेब्यु गरेका कुलदीप यादवले लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell