PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मुकुन्द भट्टको नयाँ प्रोजेक्ट, युरोप र अस्ट्रेलिया हुनेछ सेटिङ



पहिलोपोस्ट

मुकुन्द भट्टको नयाँ प्रोजेक्ट, युरोप र अस्ट्रेलिया हुनेछ सेटिङ

काठमाडौँ: फिल्म 'लप्पन छप्पन' निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो निर्देशनमा नयाँ प्रोजेक्ट 'जोजो' घोषणा गरेका हुन्।

एक्सन जानराको फिल्मका लागि अर्पण थापा, सौगात मल्ल, देबु श्रेष्ठ र नविन शाहको नाम कलाकारको लिस्टमा तय भएको छ। फिल्म युनिट कार्तिक अन्तिम साताबाट छायाँकनका लागि फ्लोरमा उत्रिने जानकारी दिइएको छ। चिजकुमार प्रोडक्शन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसले फिल्म प्रस्तुत गर्न लागेको हो। फिल्म युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने बताइएको छ।

भट्टको यसअघि प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन' पनि युरोपमा छायँकन गरिएको थियो। फिल्ममा मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने छ। ‘जोजो’मा चिजकुमार श्रेष्ठ, देबु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ। पुरुषोत्तम प्रधानले फिल्म खिच्नेछन्। त्यस्तै दीपक आरजेले संगीत दिदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell