PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु'



पहिलोपोस्ट

मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु'

काठमाडौं: मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु' प्रदर्शनी सुरु हुने भएको छ। प्रदर्शनीमा मानव बेचबिखन र सम्बन्धित अन्य विषयहरुमाथी छलफल हुनेछ। कार्यक्रममा मानव र यौनिक बेचबिखन पिडितहरुसँग अन्तर्क्रिया समेत हुनेछ। कार्यक्रममा मानव बेचबिखन न्युनिकरणका उपायहरु र पिडितहरुको सशक्तिकरण बारे पनि परिचर्चा गरिने उल्लेख गरिएको छ।

सिद्धार्थको आर्ट फाउन्डेशन आयोजनामा हुने प्रदर्शनीमा अमेरिकन एम्बेसीको सहकार्य रहेको छ। कार्यक्रममा मारिलिन मिन्टर, लिन टायनमियाओ, हङ लि, प्याराटोउ फोरोउहार, नबिन बराल, थोमस एल केली, आङ छिरिङ शेर्पा, लाभा थोमस, केट ह्वाइट लगायत कलाकार एवंम व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

अङ्ग्रजी महिनाको यहिं जुलाई १३ , विहिबारबाट सुरु हुने कार्यक्रम महिनाको अन्तिम अर्थात जुलाई ३१ मा सक्किनेछ। कार्यक्रम यहिं १३ तारिखमा उद्घाटन हुँदैछ। पाटन सङ्ग्राहलयमा हुने प्रदर्शनीको उद्घाटन बेलुकी ५ बजे सुरु हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell